"समृद्ध साकोस सक्षम संघ"

silver Jubliee 2079

सुचनाहरु

सबै हेर्नुहोस्

तथ्याङ् क

उदय राम कायस्ठ (अध्यक्ष)

वि.सं. २०५४ साल पौष ९ गतेका दिन काभ्रे जिल्लामा संचालित ९ वटा सहकारी संस्थाहरुको अगुवाइ बाट संघको स्थापना गर्ने र बचत तथा ऋण सहकारी संस्थाहरुको संरक्षकत्व प्रदान गरी बचत तथा ऋण सहकारी अभियानलाई दिगो, विश्वासिलो र सक्षम बनाउने परिकल्पनाका साथ स्थापित यस संघले आज आफ्नो २५ औ बसनत पार गरिसकेको छ । २५ वर्षे संघको यात्रामा विगत देखि वर्तमान सम्म प्रत्यक्ष तथा परोक्ष योगदान पुराउनु हुने सम्पूर्ण अग्रज प्रति हार्दिक कृतज्ञता सहित स–धन्यबाद ज्ञापन गर्दछु साथै आगामी दिनहरुमा समेत यहाँहरुको ज्ञान, सिप, अनुभव, नैतिक समर्थन र मार्गदर्शनले यस संघले उल्लेख्य रुपमा व्यावसायिक गति लिने छ भन्ने विश्वास लिएको छु । 

सदस्य संस्थाको हकहित, बहस तथा पैरविका सम्बन्धमा विभिन्न संघ, महासंघहरु संग नियमित छलफल, भेटघाट, संयूक्त बैठक तथा संयुक्त विज्ञप्ति मार्फत राज्यका ऐन, नियम, कानून तथा निर्देशनले सहकारी संस्था संचालनमा परेका अप्ठ्याराहरु सम्बन्धमा यस संघले निरन्तर आवाज उठाईरहेको छ । ऐन कार्यन्वय...

पुरा पढ्नुहोस

गुरुप्रसाद ढकाल (प्रबन्धक)

जिल्ला बचत संघ काभ्रे तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा २०५३ मा दर्ता भई काभ्रे जिल्लाको बचत तथा ऋण सहकारी संस्थाको छाता संघको रुपमा स्थापीत भई सहकारी संस्थाहरुको विकाश गर्न जिल्ला संघ सक्षम हुनुपर्छ भन्ने उद्देश्यले “साकोसहरुको संस्थागत विकाशका लागि सक्षम जिल्ला संघ” भन्ने परिकल्पनाका साथ संघ अगाडि बढेको थियो । २०६१ सालमा नेफ्स्कून द्धारा नमूना जिल्ला संघ घोषित, २०६४ सालमा राष्ट्रिय सहकारी महासंघद्धारा उत्कृष्ठ सहकारी पुरस्कार, २०६४ मा डिभिजन सहकारी कार्यालय काभ्रेबाट उत्कृष्ठ जिल्ला संघ पुरस्कार र २०६७ मा नेफ्स्कून द्धारा उत्कृष्ठ जिल्ला संघको उपाधि पाईसकेको कुरा यहाँहरु माझ विदितै छ । संघको यस्तो गरिमालाइ थप उचो बनाउने कुरामा हामी थप प्रतिवद्ध र संबेदनशिल समेत छौ ।

 हाल संघले आवद्ध संस्थाहरुलाई सक्षम र सवल बनाउन आवश्यकता अनुसार निशुल्क,सशुल्क तालिम गोष्ठी, सेमिनार कार्यक्रमहरु तर्जुमा गरी नीति विधि कार्यविधिमा संचालन गर्न प्रेरित र प्रेरणा पनि दिदै काभ्रेका सहकारी अभियानलाई अझ सशक्त एवं सुशासन युक्त बन...

पुरा पढ्नुहोस

हाम्रा सेवाहरु

सबै हेर्नुहोस्

बचत

ऋण सेवा

  • तरलता व्यवस्थापन
  • चालुपूँजी ऋण
  • साकोस कर्मचारी ऋण
  • अचल सम्पती खरीद
  • सबै हेर्नुहोस

प्रतिक्रियाहरू

Madan Basnet

काभ्रेपलाञ्चोक जिल्ला सहकारी क्षेत्रको उर्बर जिल्लाको रुपमा रहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको सूचिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल धेरैवटा सहकारी संस्थाहरु यसै जिल्लामा रहेका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको बृद्धि र विकासमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भूमिका त्यतिकै महत्वपूर्ण रहेको छ । संघले सञ्चालन गरेको अन्र्तलगानी कार्यक्रमले साकोसहरुलाई निर्धक्कसँग बचत तथा ऋणको कारोबार गर्न प्रेरित गरेको छ । संघले जिल्ला भित्रका सहकारी संस्थाबाट लगानी हुने ऋणको गुणस्तरियता कायम गर्न सञ्चालन गरिरहेको ऋण सूचना केन्द्र कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउनु जरुरी रहेको महशुस गरेको छु । आफ्ना सदस्य संस्थाहरुको मानव संसाधनलाई तालिम तथा शिक्षाको माध्यमबाट प्रतिस्पर्धि बनाउन संघले गरेको क्रियाकलापहरु प्रशंसनीय रहेको छ । वित्तीय रुपमा पनि संघ सवल र सक्षम रहेको पाएको छु । सहकारी ऐन, नियमावलिहरुको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुलाई अधिकतम शेयर लाभांश र संरक्षित पुँजि फिर्ता कोष समेत वितरण गर्न सफल काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको थप प्रगतिको शुभकामना ब्यक्त गर्दछु । गुणस्तरिय सहकारी संस्था निर्माण गर्न त्यसबाट उपलब्ध सेवाहरु पनि गणस्तरिय नै हुन जरुरी छ । हाल सहकारी क्षेत्रमा रोजागारीको अवसर प्रशस्त रहेको र आकर्षण पनि बढ्दै गएको छ । तर सक्षम मानव संशाधनको अझै अभाव भएको महशुस गरेको छु संघले आवश्यक मानव संशाधन तयार गर्न विभिन्न तहका तालिम तथा कक्षाहरु सञ्चालन गरी गुणस्तरिय मानव संशाधन तयार गर्ने तर्फ ध्यान दिन अनुरोध गर्दछु ।

Madan Basnet Chif Executive Officer Samudayik SACCOS

सहकारी समाचारहरु

सबै हेर्नुहोस्

बागमती प्रदेश अन्तर्गतका बचतसंघहरुबाट रजिस्ट्रारसंग समसामयिक विषयमा छलफल :

२०८०असोज १६ । काठमाडौं। बागमती प्रदेश अन्तर्गतका बचत संघहरुका नेतृत्वबाट सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेसंग भेट गरि सहकारीका समसामयिक विषयहरुमा छलफल भएको छ । 


संंघहरुका नेतृत्वले सहकारीहरुको वर्तमान अवस्था, विभागले गरिरहेको सहजीकरण, कारवाही...

पुरा पढ्नुहोस