"साकोसहरुको स‌स्थागत विकासका लागि सक्षम जिल्ला सघ"

सन्देश

रामहरि के. सी. (अध्यक्ष)

काभेली सहकारीकर्मीहरुको अथक प्रयास , छाता संघहरुको निरन्तर सहयोगले अग्रज सहकारीकर्मीहरुको परिकल्पना पुरा हुँदै गरेको सन्दर्भमा यस संघले आज २४ औ स्थापना दिवश मनाउने अवसर प्राप्त गरेको छ । सन् १८४४ मा वेलायतको रोजडेल सहरबाट शुरु भएको सहकारी अभियान र केही बर्ष पश्चात जर्मनबाट शुरु भएको बचत तथा ऋण सहकारी अभियानको झिल्कोले आज काभ्रे जिल्लाका दुर दराजमा समेत सहकारी मय ज्योती फैलाउने क्रम व्यापक छ । यस प्रसङ्गमा सहकारी अभियानको क्षेत्रमा हामीलाई बाटो देखाउने बेलायतका रोवर्ट वसन र जर्मनका एफ.डब्लु , राईफाईसन प्रति सदैव आभार व्यक्त गर्दछौं । उहाँहरु प्रति हाम्रो नमन सदैव र हने छ । विश्व सहकारी अभियानले प्रतिपादन गरेको सहकारी मुल्य , मान्यता र सिद्धान्तहरुलाई अंगिकार गर्दै सहकारी संघ , संस्थाहरुले प्रमाणित गरेका प्रविधि र असल अभ्यासहरुले हामीलाई फड्को मार्न सहज बनाएको छ । जसको कारणले नेपालको वित्तीय सहकारीहरुले एसिया महादेशका वित्तीय सहकारीहरु समक्ष उच्च शिर राख्न सक्षम भएको कुरा सर्वविदितै छ । हामीले सहकारी क्षेत्र निश्पक्ष र सहयोगी भावनाले सेवा गर्दा गर्दै विभिन्न समस्याहरु भोग्न परेको कुराहरु मैले गत सालको साधारणसभामा मन्तव्यको क्रममा गरेको थिएँ । राज्यको पुर्नसंरचनाले ल्याएको अप्ठ्यारो / नियमक निकायको निस्कृयता , आन्तरिक र वाह्य अनुगमनको अभाव , सहकारीहरु भित्र रहेका विकृतिहरुलाई नियन्त्रण गर्न नसक्नु , सहकारी संघ , संस्थाहरुले सहकारीको मुल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्न नसक्नु सहकारीहरुलाई भागवण्डामा संचालन गर्न प्रयास गर्नु राम्रो भन्दा हाम्रोमा केन्द्रित हुनु , अव्यवसायिक ऋण लगानी हुदै जानु आदि कुराहरुले प्रगतिको गतिलाई बाधा भने पक्कै पुयाएको छ । सहकारी व्यक्तिले संचालन गर्ने नभई विधिले संचालन गर्ने हो । सहकारीले निति , विधि र प्रविधिलाई प्रश्रय दिन्छ , सहकारीहरु सदस्य केन्द्रित हुनु पर्दछ । सहकारी आफै व्यवसायिक संगठन भएको हुदाँ संचालकहरु व्यवसायिक सोच र व्यवहारमुखी हुन पर्ने लगायत सदस्यको आर्थिक , सामाजिक र सांस्कृतिक आवश्कता पुरा गर्न सहयोग गर्ने सवैभन्दा बलियो माध्यम हो भन्ने कुरालाई यस संघले नियमित रुपमा संचालन गर्ने सभा , सम्मेलन , तालिम , गोष्ठी , अन्तरक्रियाबाट प्रदान गर्दै आएको र भविष्यमा संचालन हुने कार्यक्रम यसै सोच अनुसार हुने कुरा समेत अनुरोध गर्दछु । w सन् २०२० लाई नेपाल सरकारले पर्यटन वर्षको रुपमा मनाउने भन्ने निर्णय अनुसार हाम्रा कदमहरु अगाडी बढी सकेका थिए । हाम्रा व्यानर , पोष्ट , प्रतिवेदन आदिमा पर्यटन वर्ष सफल पारौं भन्ने नारा अगाडी आइसकेको सन्दर्भमा विश्वव्यापी रुपमा आएको CORONAVIRUS Disease ( COVID -19 ) ले विश्व जगतलाईआक्रान्त बनाउदै हाम्रा योजनाहरुलाई चकनाचुर पार्दै सदस्यहरुलाई दिर्दै आएको सेवा , सुविधाहरुमा समेत खुम्चाउन हामीलाई बाध्य पारेको कुरा हामी सबैलाई सर्व विधितै छ । यती खेर सबै सहकारीहरु संघ संस्थाहरुलाई सदस्यको माया आवश्यक परेको हुदाँ सम्पुर्ण महानुभावहरुलाई आफ्नो सहकारी संघ संस्थाहरुलाई सहयोग पुयाई दिन हुन अनुरोध समेत गर्दछु । अन्तमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघलाई यहाँहरुले पुऱ्याउनु भएको अतुलनीय योगदान प्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्दछु ।