काभ्रेपलाञ्चोक जिल्ला नेपालको राजधानी काठमाण्डौबाट करीब २६ कि.मि. दक्षिण पुर्व तर्फको जिल्ला हो भौगोलिक दृष्टिकोणमा विकट भएतापनी यस जिल्लामा ६ वटा नगरपालिका र ७ वटा गाँउपालीकाहरु रहेका छन् ।

जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको विषयगत जिल्ला स्तरीय छाता संगठनको रुपमा २०५३ सालमा यस संघको स्थापना गर्ने उद्देश्यले भेला भई २०५४।०९।०९ मा तात्कालीन डिभिजन सहकारी कार्यालयमा सहकारी ऐन २०४८ बमोजिम दर्ता भएको हो । बचत तथा ऋण सहकारी संस्थाहरुको सम्वद्र्धन र प्रवद्र्धन गर्ने सम्वन्धमा विविध कार्यक्रमहरु गर्दै आएको छ । अन्तरलगानी कार्यक्रम मार्फत संस्थाहरु विच वित्तीय साझेदारको रुपमा पनि यस संघले कार्य गर्दै आईरहेको छ । यिनै कार्यक्रमहरुलाई प्रभावकारी रुपमा संचालन गर्दै जिल्ला संघ र आवद्ध संस्थाहरुको क्षमता विकास तथा सहकारी क्षेत्रको विकास एवं प्रवद्र्धनमा टेवा पुर्याउदै आएको छ ।