ऋण सेवा
तरलता व्यवस्थापन
यस संघसँग ऋण कारोबार गर्ने संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न तथा घर जग्गा खरिद गर्न लागि ऋण आवश्यक परेमा देहायको सर्तमा उपलब्ध गराउन सकिने छ ।
- संघको अन्तरलगानीमा कार्यक्रममा आवद्ध भई संस्थाहरुलाई मात्र यस प्रकारको ऋण प्रदान गर्न सकिनेछ ।
- ऋणको अधिकतम सिमा रु. १३ करोड सम्म मात्र हुनेछ ।
- ऋण स्वीकृत भएको मितिबाट ६ बर्ष भित्रमा चुक्ता गरिसक्नु पर्नेछ ।
- ऋण लिने संस्थाले स्वीकृत ऋण तिन महिना भित्र लैजानुपर्ने छ अन्यथा पुन स्वीकृत गर्नु पर्नेछ ।
- आंशिक ऋण लगानी भएको अवस्थामा उक्त ऋण भुक्तानीको पुनतालिकिरण गरिने छ ।
चालुपूँजी ऋण
यस संघसँग ऋण कारोबार गर्ने संस्थाहरुलाई ऋण आवश्यक परेमा देहायको सर्तमा उपलब्ध गराउन सकिने छ ।
- चालुपुजि ऋणको अवधि बढिमा १ वर्षको हुनेछ ।
- एकवर्ष भित्र साँवा एकमुष्ठ तथा व्याज मासिक वा त्रैमासिक रुपमा भुक्तनी गर्नुपर्नेछ ।
- ऋण लिन चाहने संस्थाले संघलाई ऋणलाई खाम्ने गरी पर्याप्त धितो लेखि दिनु पर्नेछ ।
- ऋणको व्याज दर संञ्चालक समितिले तोके बमोजिम हुनेछ ।
- ऋणको अधिकतम सिमा रु. ७ करोड सम्म मात्र हुनेछ ।
- ऋण लिने संस्थाले स्वीकृत ऋण तिन महिना भित्र लैजानुपर्नेछ अन्यथा पुन स्वीकृत गर्नु पर्नेछ
साकोस कर्मचारी ऋण
- साकोसका कर्मचारीहरुलाई सवारीसाधन तथा अचल सम्पत्ती खरिद गर्न यस्तो ऋण प्रदान गर्नसकिनेछ ।
- यस्तो ऋण बढिमा रु २०,००,००० (बिस लाख) सम्म र अधिकतम भाखा अवधि ५ बर्ष सम्म रहनेछ ।
- ऋण प्राप्त गर्न साकोसका कर्मचारी हरुले स्थाई नियूक्ति प्राप्त गरेको हुनुपर्नेछ ।
- लगानी गरिने ऋणको सुरक्षणका लागि ऋण रकमको कम्तिमा दोब्बार मुल्याङकन हुने सम्पत्ति धितो जमानत राख्नुपर्नेछ। धितो राखिने सम्पत्ती ऋणी स्वयम्को वा निजको हक लाग्ने व्यक्तिको पुर्ण मन्जुरी रहेको हुनुपर्नेछ ।
- साकोसका कर्मचारी हरुले सिधै ऋण माग गर्न सक्ने छैनन ।
- साकोस कर्मचारी ऋणका लागि सम्बन्धित संस्थाको निर्णय सहित संस्थाको तर्फ बाट अध्यक्ष र कोषाध्यक्ष जमानत बस्नु पर्नेछ ।
- यस्तो ऋण संस्थाको नाउमा स्विकृत भई संस्था मार्फत सम्वन्धित कर्मचारी हरुलाई लगानी गर्नुपर्नेछ र संघमा ऋण तिर्नुपर्ने दायित्व संम्वन्धित संस्थाको हुनेछ ।
- यस्तो ऋण एउटा संस्थालाई एकपटकमा बढिमा ५ जना कर्मचारी हरुकालागि लगानी गरिने छ ।
- संघबाट यसरि प्राप्त गर्ने ऋण सम्बन्धीत संस्थाले संघले तोकेभन्दा बढि थप व्याज तथा शुल्क कर्मचारी बाट असुल गर्न पाउने छैन ।
- संघले सदस्य संस्थाहरुलाई मासिक बचतमा प्रदान गर्ने व्यजदरमा थप २ प्रतिशत ले हुन आउँने रकमलाई व्याजदर कायम गरिनेछ ।
- हर्जना तथा अन्य शुल्कका हकमा यसै नीतिमा व्यवस्था भए बमोजिम हुनेछ ।
- संघबाट ऋण लिई भाखा नाघेको संस्थाले यस्तो ऋण सिफरिस गर्न सक्ने छैन ।
अचल सम्पती खरीद
संस्थाले संघसँग ऋण कारोबार गरी अचल सम्पत्ति खरिद गर्न चाहेमा देहायका सर्तमा उपलब्ध गराउन सकिने छ ।