"समृद्ध साकोस सक्षम संघ"

सन्देश

गुरुप्रसाद ढकाल (प्रबन्धक)

जिल्ला बचत संघ काभ्रे तत्कालिन डिभिजन सहकारी कार्यालय धुलिखेलमा २०५३ मा दर्ता भई काभ्रे जिल्लाको बचत तथा ऋण सहकारी संस्थाको छाता संघको रुपमा स्थापीत भई सहकारी संस्थाहरुको विकाश गर्न जिल्ला संघ सक्षम हुनुपर्छ भन्ने उद्देश्यले “साकोसहरुको संस्थागत विकाशका लागि सक्षम जिल्ला संघ” भन्ने परिकल्पनाका साथ संघ अगाडि बढेको थियो । २०६१ सालमा नेफ्स्कून द्धारा नमूना जिल्ला संघ घोषित, २०६४ सालमा राष्ट्रिय सहकारी महासंघद्धारा उत्कृष्ठ सहकारी पुरस्कार, २०६४ मा डिभिजन सहकारी कार्यालय काभ्रेबाट उत्कृष्ठ जिल्ला संघ पुरस्कार र २०६७ मा नेफ्स्कून द्धारा उत्कृष्ठ जिल्ला संघको उपाधि पाईसकेको कुरा यहाँहरु माझ विदितै छ । संघको यस्तो गरिमालाइ थप उचो बनाउने कुरामा हामी थप प्रतिवद्ध र संबेदनशिल समेत छौ । हाल संघले आवद्ध संस्थाहरुलाई सक्षम र सवल बनाउन आवश्यकता अनुसार निशुल्क,सशुल्क तालिम गोष्ठी, सेमिनार कार्यक्रमहरु तर्जुमा गरी नीति विधि कार्यविधिमा संचालन गर्न प्रेरित र प्रेरणा पनि दिदै काभ्रेका सहकारी अभियानलाई अझ सशक्त एवं सुशासन युक्त बनाई दक्ष संचालक र कर्मचारीहरु निर्माणमा टेवा पुर्याउने उद्देश्यले आगामि दिनमा थप आवश्यक कार्यक्रमहरु गर्नेनै छौ । यसका साथै सदस्य संस्थाहरुको हक हितका लागि जुनसुकै अवस्थामा पनि अग्रमोर्चामा रहने छौ ।, तरलता कम भएका संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न सौहुलियत पुर्ण ऋण सुविधा उपलब्ध गराउने, सहकारीको लागि आवश्यक मसलन्द विक्रि वितरण गर्ने आदि कार्य निरन्तरताका साथै प्रविधि लाई आत्मसाथ गर्दे सदस्य संस्थाहरुमा गुरणस्तरिय वित्तिय तथा गैर वित्तिय सेवा उपलब्ध गराउने छौ । संघले निर्माण गरेको निति तथा कार्यक्रमले संघलाई वित्तिय तथा गैरवित्तिय रुपमा अझ बढी विस्तार गर्ने र यस बाट सदस्य संस्थाहरुलाइ थप लाभ हुने कुरामा हामी विश्वस्त छौ ।यसका लागि सदस्य संस्थाको भूमिका महत्वपूर्ण हुने र आगामि दिनमा संघले आवश्यक सहयोग प्राप्त गर्ने कुरामा हामी पूर्ण विश्वस्त छौ ।