"साकोसहरुको स‌स्थागत विकासका लागि सक्षम जिल्ला सघ"

silver Jubliee 2079

तथ्याङ् क

गुरुप्रसाद ढकाल (प्रवन्धक)

सन् १८४४ मा वेलायतको रोजडेल सहरबाट शुरु भएको सहकारी अभियान र केही बर्ष पश्चात जर्मनबाट शुरु भएको बचत तथा ऋण सहकारी अभियानको झिल्कोले आज काभ्रे जिल्लाका दुर दराजमा समेत सहकारी मय ज्योती फैलाउने क्रम व्यापक छ । यस प्रसङ्गमा सहकारी अभियानको क्षेत्रमा हामीलाई बाटो देखाउने बेलायतका रोवर्ट वसन र जर्मनका एफ.डब्लु राईफाईसन प्रति सदैव आभार व्यक्त गर्दछौं । उहाँहरु प्रति हाम्रो नमन सदैव र हने छ । 

पुरा पढ्नुहोस

सागरनाथ कपाली (कार्यवाहक अध्यक्ष)

वि.सं. २०५४ साल पौष ९ गतेका दिन काभ्रे जिल्लामा संचालित ९ वटा सहकारी संस्थाहरुको अगुवाइ बाट संघको स्थापना गर्ने र बचत तथा ऋण सहकारी संस्थाहरुको संरक्षकत्व प्रदान गरी बचत तथा ऋण सहकारी अभियानलाई दिगो, विश्वासिलो र सक्षम बनाउने परिकल्पनाका साथ स्थापित यस संघले आज आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्न गइरहेको छ । विगतदेखि वर्तमानसम्म प्रत्यक्ष तथा परोक्ष योगदान पु¥याउनु हुने सम्पूर्ण अग्रजप्रति हार्दिक कृतज्ञता सहित स–धन्यवाद ज्ञापन गर्दछु साथै आगामी दिनहरुमा समेत यहाँहरुको ज्ञान, सिप, अनुभव, नैतिक समर्थन र मार्गदर्शनले यस संघले उल्लेख्य रुपमा व्यावसायिक गति लिइ मुलुक कै अग्रणी संघको रुपमा स्थापित हुने छ भन्ने विश्वास लिएको छु । सदस्य संस्थाको हकहित, बहस तथा पैरविका सम्बन्धमा विभिन्न संघ, महासंघहरुसंग नियमित छलफल, भेटघाट, संयुक्त बैठक तथा संयुक्त विज्ञप्ति मार्फत राज्यका ऐन, नियम, कानून तथा निर्देशनले सहकारी संस्था संचालनमा परेका अप्ठ्याराहरु सम्बन्धमा यस संघले निरन्तर आवाज उठाइरहेको छ । ऐन कार्यन्वयनमा राज्यको ढिलासुस्ती त...

पुरा पढ्नुहोस

हाम्रा सेवाहरु

सबै हेर्नुहोस्

बचत

ऋिण सेवा

  • तरलता व्यवस्थापन
  • चालुपूँजी ऋण
  • साकोस कर्मचारी ऋण
  • अचल सम्पती खरीद
  • सबै हेर्नुहोस

प्रतिक्रियाहरू

Madan Basnet

काभ्रेपलाञ्चोक जिल्ला सहकारी क्षेत्रको उर्बर जिल्लाको रुपमा रहेको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको सूचिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल धेरैवटा सहकारी संस्थाहरु यसै जिल्लामा रहेका छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको बृद्धि र विकासमा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को भूमिका त्यतिकै महत्वपूर्ण रहेको छ । संघले सञ्चालन गरेको अन्र्तलगानी कार्यक्रमले साकोसहरुलाई निर्धक्कसँग बचत तथा ऋणको कारोबार गर्न प्रेरित गरेको छ । संघले जिल्ला भित्रका सहकारी संस्थाबाट लगानी हुने ऋणको गुणस्तरियता कायम गर्न सञ्चालन गरिरहेको ऋण सूचना केन्द्र कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउनु जरुरी रहेको महशुस गरेको छु । आफ्ना सदस्य संस्थाहरुको मानव संसाधनलाई तालिम तथा शिक्षाको माध्यमबाट प्रतिस्पर्धि बनाउन संघले गरेको क्रियाकलापहरु प्रशंसनीय रहेको छ । वित्तीय रुपमा पनि संघ सवल र सक्षम रहेको पाएको छु । सहकारी ऐन, नियमावलिहरुको पूर्ण पालना गर्दै सदस्य संस्थाहरुलाई अधिकतम शेयर लाभांश र संरक्षित पुँजि फिर्ता कोष समेत वितरण गर्न सफल काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको थप प्रगतिको शुभकामना ब्यक्त गर्दछु । गुणस्तरिय सहकारी संस्था निर्माण गर्न त्यसबाट उपलब्ध सेवाहरु पनि गणस्तरिय नै हुन जरुरी छ । हाल सहकारी क्षेत्रमा रोजागारीको अवसर प्रशस्त रहेको र आकर्षण पनि बढ्दै गएको छ । तर सक्षम मानव संशाधनको अझै अभाव भएको महशुस गरेको छु संघले आवश्यक मानव संशाधन तयार गर्न विभिन्न तहका तालिम तथा कक्षाहरु सञ्चालन गरी गुणस्तरिय मानव संशाधन तयार गर्ने तर्फ ध्यान दिन अनुरोध गर्दछु ।

Madan Basnet Chif Executive Officer Samudayik SACCOS

सहकारी समाचारहरु

सबै हेर्नुहोस्