सन्देश
सागरनाथ कपाली (कार्यवाहक अध्यक्ष)

वि.सं. २०५४ साल पौष ९ गतेका दिन काभ्रे जिल्लामा संचालित ९ वटा सहकारी संस्थाहरुको अगुवाइ बाट संघको स्थापना गर्ने र बचत तथा ऋण सहकारी संस्थाहरुको संरक्षकत्व प्रदान गरी बचत तथा ऋण सहकारी अभियानलाई दिगो, विश्वासिलो र सक्षम बनाउने परिकल्पनाका साथ स्थापित यस संघले आज आफ्नो २५ औं वार्षिक साधारण सभा सम्पन्न गर्न गइरहेको छ । विगतदेखि वर्तमानसम्म प्रत्यक्ष तथा परोक्ष योगदान पु¥याउनु हुने सम्पूर्ण अग्रजप्रति हार्दिक कृतज्ञता सहित स–धन्यवाद ज्ञापन गर्दछु साथै आगामी दिनहरुमा समेत यहाँहरुको ज्ञान, सिप, अनुभव, नैतिक समर्थन र मार्गदर्शनले यस संघले उल्लेख्य रुपमा व्यावसायिक गति लिइ मुलुक कै अग्रणी संघको रुपमा स्थापित हुने छ भन्ने विश्वास लिएको छु । सदस्य संस्थाको हकहित, बहस तथा पैरविका सम्बन्धमा विभिन्न संघ, महासंघहरुसंग नियमित छलफल, भेटघाट, संयुक्त बैठक तथा संयुक्त विज्ञप्ति मार्फत राज्यका ऐन, नियम, कानून तथा निर्देशनले सहकारी संस्था संचालनमा परेका अप्ठ्याराहरु सम्बन्धमा यस संघले निरन्तर आवाज उठाइरहेको छ । ऐन कार्यन्वयनमा राज्यको ढिलासुस्ती तथा उदासिनताका सम्बन्धमा राज्यका विभिन्न निकायमा अनुरोध तथा अपिल गरी साकोस अभियानलाई मर्यादित तथा व्यवस्थित गर्न यस संघ निरन्तर लागि रहेको छ । सन् २०१५ सेप्टेम्बर २५ देखि २७ सम्म अमेरिका स्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा संचालित दिगो विकास सम्मेलनले पारित गरेको दिगो विकास लक्ष्यहरु मध्ये सन् २०३० सम्ममा विश्वव्यापी गरिबी अन्त्य र समानताका साथ सम्मानजनक जीवन यापन गरी नागरिकहरुको जीवनस्तर परिवर्तन गर्नु हो । काभे्र जिल्लामा संचालित केही बचत तथा ऋण सहकारी संस्थाहरुले ग्रामिण भेगमा सेवा विस्तार गरेको भएता पनि अधिकांश सस्ंथाहरु सहर तथा बजार केन्द्रीत भएकाले सहकारी संस्थाहरुले लगानीलाई उत्पादनसँग जोडी निम्न आय भएका व्यक्तीहरुलाई पूँजि लगानी गरी लगानीको विविधिरकण तथा विकेन्द्रिकरण गरेमा मात्र संयुक्त राष्ट्रसंघको परिकल्पना तथा नेपाल सरकारको लक्ष्य बमोजिम गरिबी निवारणमा सहकारीको भूमिका उल्लेखनीय रहनेछ । यसका लागि सदस्य संस्थाहरुलाई आवश्यक सहयोग तथा सहजीकरण गर्न जिल्ला बचत संघ तयार रहेको व्यहोरा अनुरोध गर्दछु । काभे्रपलाञ्चोक जिल्ला भौगोलिक हिसाबले आफ्ना सबै सदस्य संस्थाहरुसंगको नजिकको सामिप्यता कायम गर्न नसकेता पनि सेवा प्रदानको हिसाबले सबै सदस्य संस्थाहरुलाई तालिम , गोष्ठी , अन्तरक्रिया , अन्तरलगानी लगायत अन्य क्रियाकलाप गर्दै आएकोमा करिब दुई वर्षदेखि विश्व व्यापीरुपमा फैलिएको कोरना भाइरस केही कमजोर भएको महसुस गर्न नपाउँदै वित्तीय क्षेत्रमा देखिएको मन्दीका कारणले संघको वित्तीय गतिविधिमा केही शिथिलता आएको भएता पनि प्रतिकूल अवस्थालाई मध्यनगर गर्दै समय सापेक्ष क्रियाकलापहरु संचालन गर्न संघ सक्षम रह्रयो । भौगोलिक हिसाबले सामिप्यता कम भएका सदस्य संस्थाहरुलाई आधुनिक प्रविधिको प्रयोग मार्फत् छिटो तथा सहज सेवा पु¥याउन संघ प्रतिबद्ध छ ।