"समृद्ध साकोस सक्षम संघ"

बागमती प्रदेश अन्तर्गतका बचतसंघहरुबाट रजिस्ट्रारसंग समसामयिक विषयमा छलफल :

२०८०असोज १६ । काठमाडौं। बागमती प्रदेश अन्तर्गतका बचत संघहरुका नेतृत्वबाट सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेसंग भेट गरि सहकारीका समसामयिक विषयहरुमा छलफल भएको छ । 


संंघहरुका नेतृत्वले सहकारीहरुको वर्तमान अवस्था, विभागले गरिरहेको सहजीकरण, कारवाही र समाधानका प्रयासहरुबारे जानकारी लिईएको थियो । 



उक्त छलफलमा रजिस्ट्रारले सहकारी तथा गरिवी निवारण सम्बन्धि सूचना प्रणाली (कोपोमिस) को अधावधिक, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन र विषयवस्तु, दोस्रो तहको सहकारी नियामक निकाय लगायतका बारेमा धारणा राख्नु भएको थियो ।


 


सो अवसरमा रजिस्ट्रार घिमिरेले सहकारी अभियान, अभियन्ता र सहकारी संस्थाहरुको चिन्तन र व्यवहार मुल्य मान्यता र सिद्धान्त परक स्वनियमनमा आधारित भैइ सन्चलन गर्नुपर्ने धारणा राख्नु भएको थियो । .