"समृद्ध साकोस सक्षम संघ"

बचत


नियमित बचत


क)नियमित रुपमा मासिक रु.१०००।–का दरले वा वार्षिकएकमुष्ट १२०००।–बचत जम्मा गर्नुपर्नेछ ।

ख) व्याज संचालक समितिले तोके बमोजिम हुनेछ ।

ग) बचत मासिक वा वार्षिक एकमुष्ट अग्रिम बुझाउन सकिनेछ ।

घ) बचतको व्याज दैनिक हिसाव मौज्दातको आधारमा ३÷३ महिनामा खाता प्रविष्टिगरिनेछ ।

ङ) एक आर्थिक बर्ष भित्र नियमित बचत प्राप्त नभएमा विलम्ब शुल्क लिन सकिनेछ ।




ऐच्छिक बचत


 संस्थाले चाहेको बखतमा ऐच्छिक खाता खोल्न सक्ने छ । ऐच्छिक खाता खोल्न देहायका कागजातहरु पेश गर्नुपर्नेछ

क) संचालक समितिको निर्णयको प्रतिलिपि ।

ख) दस्तखत नमुना फारम(अनुसुचि १४) र खाता खोल्ने फारम(अनुसुचि १५) संस्थाको आधिकारिक व्यक्तिबाट प्रमाणितगरेको हुनुपर्नेछ ।

ग) खाता कम्तिमा २ जना बाट सञ्चालन हुनुपर्नेछ ।

घ) दस्तखत नमुना कार्डमा संस्थाको छाप अनिवार्य हुनुपर्नेछ ।

ङ) ऐच्छिक बचत खातावालालाई भुक्तानी फारम र आवश्यकता बमोजिम स्टेट्मेन्ट उपलब्ध गराईने छ ।

च) भुक्तानी फारम प्याड हराएमा रु.५०।– लिई पुनः नयाँ उपलब्ध गराईनेछ ।

छ) खाता रु.५,०००।– बाट खोल्न सकिनेछ ।

ज) ऐच्छिक बचतमा व्याज संघको सञ्चालक समितिले निर्णय गरे वमोजिम उपलब्ध गराईने छ ।

झ)दैनिक मौज्दातको आधारमा व्याज हिसाब गरी ३÷३ महिनामा खातामा प्रविष्ट गरिनेछ ।

ञ) खाता बन्द गर्नु परेमा रु.५००।– शुल्क लिई बन्द गरिनेछ ।

ट) बचत फिर्ता गर्दा रु.९,९९,९९९।– सम्म नगदबाट र त्यस भन्दा बढीको हकमा चेकबाट भुक्तानी गर्न सकिनेछ ।


आवधिक बचत


क) संघमा आबद्धसंस्थाहरुले आवधिक बचत खाता खोल्न सक्नेछन् ।

ख) आवधिक खाता न्युनतम रु.१०,००,०००।– बाट सञ्चालन गर्न सकिनेछ ।

ग) आवधिक बचतको व्याज ३÷३ महिनामा वा एकमुष्ठभुक्तनि गरिने छ ।

घ) आवधिक रसिद धितो राखि ऋण लिन चाहेमा जम्मा भएको रकमको ९० प्रतिशतसम्म ऋण दिईने छ र सोमा थप व्याज २ प्रतिशत लाग्नेछ साथै अन्य थप शुल्क लाग्नेछैन।

ङ) आवधिक खातासंस्थाले जतिवटा पनि खोल्न सक्नेछ ।

च) ३ महिना भन्दा कम समयको आवधिक बचत स्वीकार गरिने छैन ।

छ) आवधिक बचतको व्याज संचालक समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

ज) आवधिक बचतको व्याज ऐच्छिक बचत खातामा जम्मा गरिने छ।