"समृद्ध साकोस सक्षम संघ"

ऋण सेवा

तरलता व्यवस्थापन


यस संघसँग ऋण कारोबार गर्ने संस्थाहरुलाई तरलता व्यवस्थापन गर्न तथा घर जग्गा खरिद गर्न लागि ऋण आवश्यक परेमा देहायको सर्तमा उपलब्ध गराउन सकिने छ ।

(क) संघको अन्तरलगानीमा कार्यक्रममा आवद्ध भई संस्थाहरुलाई मात्र यस प्रकारको ऋण प्रदान गर्न सकिनेछ ।

(ख) ऋणको अधिकतम सिमा रु. १३ करोड सम्म मात्र हुनेछ ।

(ग) ऋण स्वीकृत भएको मितिबाट ६ बर्ष भित्रमा चुक्ता गरिसक्नु पर्नेछ ।

(घ) ऋण लिने संस्थाले स्वीकृत ऋण तिन महिना भित्र लैजानुपर्ने छ अन्यथा पुन स्वीकृत गर्नु पर्नेछ । 

(ङ) आंशिक ऋण लगानी भएको अवस्थामा उक्त ऋण भुक्तानीको पुनतालिकिरण गरिने छ ।

चालुपूँजी ऋण


यस संघसँग ऋण कारोबार गर्ने संस्थाहरुलाई ऋण आवश्यक परेमा देहायको सर्तमा उपलब्ध गराउन सकिने छ ।

   चालुपुजि ऋणको अवधि बढिमा १ वर्षको हुनेछ ।

   एकवर्ष भित्र साँवा एकमुष्ठ तथा व्याज मासिक वा त्रैमासिक रुपमा भुक्तनी गर्नुपर्नेछ ।

   ऋण लिन चाहने संस्थाले संघलाई ऋणलाई खाम्ने गरी पर्याप्त धितो लेखि दिनु पर्नेछ ।

   ऋणको व्याज दर संञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

   ऋणको अधिकतम सिमा रु. ७ करोड सम्म मात्र हुनेछ ।

   ऋण लिने संस्थाले स्वीकृत ऋण तिन महिना भित्र लैजानुपर्नेछ अन्यथा पुन स्वीकृत गर्नु पर्नेछ


साकोस कर्मचारी ऋण

   साकोसका कर्मचारीहरुलाई सवारीसाधन तथा अचल सम्पत्ती खरिद गर्न यस्तो ऋण प्रदान गर्नसकिनेछ ।

   यस्तो ऋण बढिमा रु २०,००,००० (बिस लाख) सम्म र अधिकतम भाखा अवधि ५ बर्ष सम्म रहनेछ ।

   ऋण प्राप्त गर्न साकोसका कर्मचारी हरुले स्थाई नियूक्ति प्राप्त गरेको हुनुपर्नेछ ।

   लगानी गरिने ऋणको सुरक्षणका लागि ऋण रकमको कम्तिमा दोब्बार मुल्याङकन हुने सम्पत्ति धितो जमानत राख्नुपर्नेछ

। धितो राखिने सम्पत्ती ऋणी स्वयम्को वा निजको हक लाग्ने व्यक्तिको पुर्ण मन्जुरी रहेको हुनुपर्नेछ ।

   साकोसका कर्मचारी हरुले सिधै ऋण माग गर्न सक्ने छैनन ।

   साकोस कर्मचारी ऋणका लागि सम्बन्धित संस्थाको निर्णय सहित संस्थाको तर्फ बाट अध्यक्ष र कोषाध्यक्ष जमानत बस्नु

पर्नेछ ।

   यस्तो ऋण संस्थाको नाउमा स्विकृत भई संस्था मार्फत सम्वन्धित कर्मचारी हरुलाई लगानी गर्नुपर्नेछ र संघमा ऋण

तिर्नुपर्ने दायित्व संम्वन्धित संस्थाको हुनेछ ।

   यस्तो ऋण एउटा संस्थालाई एकपटकमा बढिमा ५ जना कर्मचारी हरुकालागि लगानी गरिने छ ।

   संघबाट यसरि प्राप्त गर्ने ऋण सम्बन्धीत संस्थाले संघले तोकेभन्दा बढि थप व्याज तथा शुल्क कर्मचारी बाट असुल गर्न

पाउने छैन ।

   संघले सदस्य संस्थाहरुलाई मासिक बचतमा प्रदान गर्ने व्यजदरमा थप २ प्रतिशत ले हुन आउँने रकमलाई व्याजदर

कायम गरिनेछ ।

   हर्जना तथा अन्य शुल्कका हकमा यसै नीतिमा व्यवस्था भए बमोजिम हुनेछ ।

   संघबाट ऋण लिई भाखा नाघेको संस्थाले यस्तो ऋण सिफरिस गर्न सक्ने छैन ।

अचल सम्पती खरीद

संस्थाले संघसँग ऋण कारोबार गरी अचल सम्पत्ति खरिद गर्न चाहेमा देहायका सर्तमा उपलब्ध गराउन सकिने छ ।

संघको अन्तरलगानीमा कार्यक्रममा आवद्ध भई संस्थाहरुलाई मात्र यस प्रकारको ऋण प्रदान गर्न सकिनेछ ।

ऋण लिन चाहने संस्थाले संघलाई ऋणलाई खाम्ने गरी पर्याप्त धितो लेखि दिनु पर्नेछ ।

ऋणको व्याज दर संञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

ऋणको अधिकतम सिमा रु. ७ करोड सम्म मात्र हुनेछ ।

ऋण स्वीकृत भएको मितिबाट ६ बर्ष भित्रमा चुक्ता गरिसक्नु पर्नेछ ।

ऋण लिने संस्थाले स्वीकृत ऋण तिन महिना भित्र लैजानुपर्ने छ अन्यथा पुन स्वीकृत गर्नु पर्नेछ । 

आंशिक ऋण लगानी भएको अवस्थामा उक्त ऋण भुक्तानीको पुनतालिकिरण गरिने छ ।